दफा ८
समितिको काम, कर्तव्य र अधिकार
: समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
(क) XXX
(ख) XXX
(ग) प्राविधिक तथा व्यावसायिक सूचना र प्रविधि हस्तान्तरण सम्बन्धी कार्य सञ्चालन गर्ने,
(घ) उद्यमशीलता, व्यवस्थापन विकास र प्राविधिक तथा शीप विकास प्रशिक्षक प्रशिक्षण जस्ता कार्यक्रमहरु सञ्चालन गर्ने,
(ङ) XXX,
(च) प्रतिष्ठान स्वयंले वा अन्य संस्थाहरुको सहभागिता मार्फत उद्योगसंग सम्बन्धित विभिन्न किसिमका अनुसन्धान, प्रशिक्षण, अध्ययन, सेमिनार, सर्भेक्षण, प्रदर्शनी, कार्यशाला गोष्ठी आदि सञ्चालन गर्ने,
(छ) औद्योगिक व्यवसाय विकासको लागि आवश्यक पाठ्यक्रम एवं निर्देशिका तयार गर्ने, प्रशिक्षण र प्रशिक्षार्थीहरुको लागि परिणाममूलक कार्यक्रमहरु बनाउने, कार्यान्वयन गर्ने तथा त्यस्ता कार्यक्रमहरुको प्रभावकारिताको मूल्यांकन र अनुगमन गर्ने,
(ज) औद्योगिक व्यवसाय विकासको लागि नेपाल सरकार वा विदेशी सरकार वा राष्ट्रिय वा अन्तर्राष्ट्रिय संघ, संस्था, निकाय वा व्यक्तिबाट नगद, जिन्सी वा अन्य सहयोग उपलब्ध गराउने,
तर विदेशी सरकार वा विदेश स्थित अन्तर्राष्ट्रिय संघ, संस्था, निकाय वा व्यक्तिबाट नगद, जिन्सी वा अन्य सहयोग लिंदा नेपाल सरकारको पूर्व स्वीकृति लिनु पर्नेछ ।
(झ) प्रतिष्ठानको कार्यक्रमहरुमा लक्षित समूहको आर्थिक स्थिति हेरी कार्यक्रमको लागत अनुरुप पूर्ण वा आंशिक रुपमा शुल्क लगाउने, र
(ञ) प्रतिष्ठानको उद्देश्य प्राप्तिको लागि आवश्यक पर्ने अन्य कार्यहरु गर्ने ।